
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहलाई बार प्रणाली लागु गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बार प्रणाली लागु गरेको हो ।
नेपाली नागरिकता सम्बन्धी कार्य, राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानी सम्बन्धी कार्यका लागि सेवा प्रवाह गर्न बार प्रणाली तोकिएको प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिनु भएको छ । ।
कार्यालयका अनुसार आगामी माघ १० गते आइतबारदेखि उक्त बार प्रणाली लागु गरिने छ ।
बार प्रणाली अनुसार आइतबारःशुक्रबारका दिन लेकबेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरीनगरपालिका, मंगलबारका दिन वीरेन्द्रनगर नगरपालिका र सोमबारःमंगलबारका दिन भेरीगंगा नगरपालिका, चिंङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाको लागि सेवा प्रवाह गरिने बार तोकिएको छ ।
यस्तै, बुधबारःविहिबार भने गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका नागरिकले सेवा लिनसक्ने प्रशासनले जनाएको छ
साथै, सेवाग्राहीले कार्यालयमा आउँदा अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई पूर्ण खोप लगाएको खोपकार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भएपनि लिएरमात्रै उपस्थित हुन पाउने जनाइएको छ ।