३० घण्टा पछि शव व्यवस्थापन

बुटवल । उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शब व्यवस्थापन गरिएके छ । गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको शब शुक्रबार दिउसो १ बजेर ४० मिनेटमा शब व्यवस्थापन गरिएको हो ।

अस्पाताल प्रशाशन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिको लामो समय सम्म चलेको छलफल पछि नेपाली सेनाको गरुण दल बुटवलले शबको व्यवस्थापन गरेको हो । गरुण दल बुटवलका क्याप्टेनको नेतृत्वमा आएको टोली शुरक्षित तरिकाले शबको व्यवस्थापन गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ ।

कोरोना सक्रमित व्यक्तिको शब व्यवस्थापन कार्यबिधि अनुसार संक्रमित व्यत्तिको शब व्यवस्थापन गरिएको जनाईएको छ । संक्रमित व्यक्तिको शब देवदह नगरपालिका १० को जंगलमा हिन्दु सस्कार अनुसार व्यवस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । उनले जिल्लामा नयाँ घटना भएको तथा परिवार, अस्पतालसंग समन्वय तथा शब व्यवस्थापनका लागि समन्वय गर्नु परेकाले शब व्यवस्थापनमा ढिलाई भएको बताए ।

शबको अन्तीम सस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाईले जानकारी दिए । शब लगेको १ घण्टा पछि मात्रै उनका भाईले शब व्यवस्थापन गर्ने बिषयमा सहमति जनाएका थिए ।

उपचारका लागि बैशाख ३१ गते राती ११ बजे रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पताल आईपुगेका उनको जेठ ८ बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो ।

जन्डीसले ग्रसित भएपछि अस्पतालको आईसियमा उपचार गराईरहेका उनको जेठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको तीनदिन पछाडि उनलाई मृत घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close