
लाेक सेवा आयाेगले लिएकाे परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडाैं महनागरपालिकाले जागिर दिने भएकाे छ ।
काठमाडाैं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएकाे हाे ।
महानगरले एक सूचना जारी गर्दै लाेक सेवा आयाेगकाे परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेकाे छ ।
सिभिल इन्जिनियरदेखि स्टक्चर इन्जिनियरकाे परीक्षामा वैकल्पिकमा सिफारिस भएका उम्मेदवारहरूले माैका पाउनेछन् ।