कर्णालीमा ३६ अर्ब ५४ करोडको बजेट

सुर्खेत, १ असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्दै कोरोना महामारी नियन्त्रण, कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिदै बजेट सार्वजनिक गर्नु भएको हो ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तिय तर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट बक्तव्य सार्वजनिक भएको छ ।
बजेटको प्रभावकारी कार्यान्वयनबाट कोभिड १९ को महामारी र सम्भावित खाद्य सङ्कटबाट कर्णालीबासीको जीवन रक्षा, श्रममूलक रोजगारीका अवसर सिर्जना, उत्पादन तथा उत्पादकत्वमा बृद्धि, जीवनोपयोगी शिक्षाको उत्थान, दीगो पूर्वाधार विकास, शान्ति सुरक्षा, सुशासन र सेवाप्रवाहमा सुधार लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close