काठमाडौंसहित २० जिल्लाका बालबालिकाले फाइजर खोप पाउन अझै दुई साता कुर्नुपर्ने

 

काठमाडौं । यही पुस १३ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भनिएका काठमाडौं उपत्यकासहित २० जिल्लामा खोप दिन ढिलाइ हुने भएको छ ।

यही डिसेम्बर २४ मा आइपुग्ने भनिएको खोप आउने मिति सरेकाले खोप दिन ढिलाइ हुने भएको हो । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिइने जिल्लाहरूमा यसअघि तोकिएको मितिभन्दा एक साता ढिलो गरी खोप कार्यक्रम सुरु हुने भएको छ ।
परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार फाइजर खोप आइपुग्न केही दिन ढिलो हुने जानकारी प्राप्त भएपछि निर्धारित मिति सरेको हो । ती जिल्लामा पुस १३ देखि २२ गतेसम्म फाइजर खोपको पहिलो डोज र माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज दिने सरकारको तालिका थियो । त्यस्तै, थप १२ जिल्लामा पनि सरकारले फाइजर खोप दिने निर्णय गरेको थियो ।

सरकारले कोभ्याक्स सुविधाअन्तर्गत तत्काल ६ लाख २० हजार डोज खोप प्राप्त गर्ने पूर्वनिधारित तालिका थियो । सरकारले ६० लाख ९०० डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close