लैंगिक समानता सम्बन्धि प्रशिक्षण

सुर्खेत १३, पुस ।
वीरेन्द्रनगर सुर्खेतमा लैंगिक समानता सम्बन्धि २ दिने प्रशिक्षण समापन भएको छ । अक्सफामको आर्थिक सहयोगमा सञ्चालित वातावरण सुधार समाजको एच.बी.सि.सि. परियोजनाले परियोजना कार्यन्वयन क्षेत्रमा कार्यरत कर्मचारी तथा स्वयमसेवक्लाई प्रशिक्षण दिएको हो ।
लैंगिक समानता तथा स्याहार कार्य सम्बन्धि समान सहभागिता बढाउने उद्देश्यले परियोजनाका एम.एम.एच. च्याम्पियनका सहभागिहरुलाई प्रशिक्षण गरिएको हो । महिलाको सवै क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउनमा प्रशिक्षण गरिएको परियोजनाका लैंगिक अधिकृत निशान चन्दले बताए । उनले प्रशिक्षण पछि अधिकार र स्रोतसाधनको पहुँचमा, कार्यस्थलमा सार्वजनिक स्थलमा, परिवारमा लगायतका क्षेत्रमा हुने विभेदलाई न्युनिकरणमा टोलटोलका समुह केन्द्रित कक्षाहरुमा छलफल हुने बताए ।
आइतबारबाट शुरु गरिएको प्रशिक्षणमा परियोजना संयोजक हिमाल राजी, लैंगिक अधिकृत निशान चन्द र जनस्वास्थ्य अधिकृत मञ्जु थापाले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close