सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१० शान्तिनगरमा रहेको सिद्धपाईला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलका संचालक एवम् प्रिन्सिपल नैनसिंह खत्रीलाई उत्कृष्ट प्रिन्सिपलको रुपमा ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ ले सम्मान गरेको छ । लिंकन युनिभर्सिटीका चान्सलर प्रोफेसर डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहाबाट उक्त विद्यालयका संस्थापक प्रिन्सिपल खत्रीलाई उत्कृष्ट प्रिन्सिपलकोरुपमा सम्मान गरिएको हो ।
खत्री र उक्त विद्यालयले गरेको कामबाट प्रभावित हुँदै पुरस्कार समितिले उनलाई पुरस्कृत गर्न केही समय अघि छनौट गरेको थियो । खत्री नेपाल बुद्धिजीवी परिषद कर्णालीका अध्यक्ष ,प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष खत्रीलाई इनोभेटिभ प्रिन्सिपलको अवार्डसमेत प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ द्वारा सम्मानित गरिएको हो । कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, स्कुल संचालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरिएको थियो।
एक्जिटो एजुकेशनका निर्देशक सचेत विदीजनले शिक्षा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका ३३ वटा स्कुल तथा स्कुल संचालकहरुलाई छनोट गरी पहिलोपटक सम्मान गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने वताईएको छ।