
काठमाडौँ । सरकारले कोरोनाको जोखिम बढेपछि भौतिक उपस्थितिमा हुने पूर्व निर्धारिक सबै परीक्षाहरू तत्कालका लागि स्थगित गरेको छ । आइबार बसेको कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले देशभरका शिक्षालयमा भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न पनि निर्देशन दिएको छ ।