१४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको हो ।

उक्त घटनापछि बनेको छानबिन समितिले त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र रमेश देउलालाई पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा करारमा कार्यरत कर्मचारी तथा प्लम्बरहरु छन् ।

यसअघि उक्त प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर मनसुन पाण्डे, सफाइ कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको थियो ।

सुन प्रकरणमा छानबिनका लागि अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिनुभयो ।

गत मङ्सिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गर्दा गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले र उनको बयानका आधारमा गोरखाकै मीनबहादुर घलेलाई नियन्त्रणमा लिएको थियो ।

दुबईबाट ल्याइएको उक्त सुन आगमन कक्षको डस्टविनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको खुलासा भएको छ ।

सुन बोक्ने भरियाले शौचालयमा फ्लस गरेर छाड्ने र त्यसपछि प्लम्बरहरुले मर्मतको बहानामा सुन निकालेर विमानस्थल बाहिर ल्याउने योजना बनाएको अनुसन्धाबाट खुलेको छ । चन्द्र घलेले दुबइबाट सुन नेपाल ल्याएबापत एकपटकमा ६० हजार पाउने गरेको पनि खुलासा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close