उपसभापति खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मा

काठमाडौँ — नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ुस्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिु गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचनका लागि केन्द्रीय परिचालन समिति गठन गरेको हो ।
कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने पनि बताएको छ । स्थानीय तह निर्वाचन केन्द्रित ुघरघर जाऔं, कांग्रेस जिताऔुं अभियानले कांग्रेसको विजयको आधारलाई थप व्यापक र मजबुत बनाउँदै लगेको पनि कांग्रेसले जनाएको छ ।
यस्तै प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि केन्द्रीय कार्यसमिति बैठकले जनाएको छ । कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close