समाधि निर्माणमा संरक्षक शिवाकोटीको एक लाख एघार हजार सहयोग

सुर्खेत १३ श्रावण ।
ब्रम्हलीन श्रीमहन्त हिरामान हरिशंकर गिरी जी महाराजको समाधिस्थल निर्माणमा आर्थिक संकलन शुरु भएको छ । गुराँस खबर डटकमका संरक्षक चितवन निवासी धार्मिक अगुवा सविन शिवाकोटीले गिरी जी महाराजको समाधिस्थल निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैँया प्रदान गर्दै समाधिस्थल निर्माणको अभियान शूरु भएको हो ।

पाँच दशक बढि पश्चिम नेपालमा बसेर धार्मिक जागरण एवम नैतिक शिक्षामा ठुलो भूमिका निभाउनु भएका नेपालगञ्ज हनुमान गढी तथा हनुमत गौशालाका पिठाधिश एवम श्रीपञ्चनान जुना अखडाका महामण्डलेश्वर महाराजको गत बर्ष निधन भएको थियो । उहाँले नेपालगञ्ज, जुम्ला, डोल्पा लगायतका पश्चिम नेपालमा ५० बर्षसम्म आध्यात्मिक जागरण फैलाउनु भएको थियो ।

ब्रम्हलिन महाराजको योगदानको उच्च सम्मान गर्दै श्री हनुमान गढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिषरमा गुरुदेव समाधिस्थलमा मन्दिर निर्माण, आश्रम सौन्दर्यकरण (नयाँ भवन, सन्त र अतिथि निवास निर्माण) बाबा हरिशंकर बाल्दातलाउ निमार्ण ( तलाउनको बीचमा १०८ फिट अग्लो खडा हनुमानको मूर्ति निर्माण) को कार्य थालनी गरेको छ ।

ब्रम्हलिन महाराजका शिष्य समेत रहनु भएका शिवाकोटीले युवाहरुलाई धार्मिक महत्व जगाउन तथा भावी पुस्तालाई हिन्दु संस्कार र सस्कृति हस्तान्तरणका लागि समेत समाधि निर्माण तन, मन र धनको सवैले सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । उहाँले यी सवै संरचना निर्माणमा करिव साढे ३ करोड खर्च हुने भएकाले सवैलाई आआफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नु भयो ।
हालसम्म यी संरचना निर्माणका लागि करिव १२ लाख रुपैयाँ संकलन भएको मन्दिरका व्यवस्थापक हरिषचन्द्र आचार्यले बताउनु भयो ।

ब्रम्हलिन महाराजको सम्मानका लागि श्री हनुमान गढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति नेपालगञ्जको नाममा ग्लोबल आइएमइ बैंक बाँकेमा रहेको खाता नं. २१०१०१००००७२९ मा सहयोग गर्न आग्रह गरिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close