जुम्लामा पीसीआर परिक्षण शूरु

सुर्खेत २३, बैशाख ।
कर्णाली प्रदेशको जुम्लामा पनि कोरोना भाइरसको पीसीआर परीक्षण शूरु भएको छ । जुम्लामा मेसिन आएको झन्डै १३ दिनपछि परीक्षण सुरु गरिएको हो ।


जुम्लामा पीसीआर परिक्षण शूरुगरे सँगै कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा कोरोनाको नमुना परीक्षण हुनेछ । एक पटकमा ९६ वटा नमुना परीक्षण गर्न सक्ने क्षमता भएपनि आवश्यक किट लगायतका सामग्रीको अभावमा २४ वटा मात्र परीक्षण गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला संयोजक विवेक पुनमगरले जानकारी दिए ।


जुम्लामा हाल २ सय ५० जनाको परिक्षण गर्न सक्ने किट उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close