कर्णालीमा कोरोना नियन्त्रणमा सेभ द चिल्ड्रेनको सहयोग

कोरोना संक्रमण नियन्त्रणमा गैर सरकारी संस्थाको भूमिका बढ्न थालेको छ । अहिलेसम्म कोरोना संक्रमण नभेटिएको कर्णाली प्रदेशमा प्रदेश सरकारलाई कोरोना नियन्त्रणका लागि गैर सरकारी संस्थाको भूमिका बढेको हो ।
छिमेकी प्रदेश सुदुरपश्चिम र ५ नं. प्रदेशमा कोरोना संक्रमण देखिएपछि उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा ‘सेभ द चिल्ड्रेन’ ले दुइ चरणमा गरी करिव ५८ लाख बराबरका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पहिलो चरणमा करिव १० लाख र दोश्रो चरणमा आज ४८ लाख बराबरका सामग्री हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यका साथ आज ८ सय ८० थान व्यक्तिगत सुरक्षा सामग्री लगायत अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सामाजिक विकास मन्त्री दल रावल र स्वास्थ्य सेवा निर्देशानलयकी निर्देशक रिता जोशीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले कोरोनाको संक्रमण रोक्न प्रदेश सरकारले सञ्चालन गरेको प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक अभियानमा सहयोग पुग्ने बताउनु भयो । उहाँले भारतमा रेल सञ्चालनपछि कर्णालीवासी फर्कदा कर्णालीमा हुने कोरोनाको जोखिक नियन्त्रणमा यी सामग्रीले महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो ।

स्वास्थ सेवा निर्देशनालयकी निर्देशक रिता जोशीले विश्वव्यापी महामारीका बेला स्वास्थ्य सामग्रीहरुको अभाव झेलिरहेको प्रदेशलाई यस सहायताले स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमणबाट बच्न सहयोग पु¥याउने बताउनु भयो । कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरेको पहिलो बैठकबाट नै ‘सेभ द चिल्ड्रेन’ ले सहयोग गर्दै आएकोले आउदा दुखत दिनमा ठुलो राहत हुने बताउनु भयो ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको परियोजनाहरुबाट उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको रहेको सेभ द चिल्ड्रेन फिल्ड कार्यक्रमका प्रवन्धक अरुण कान्त पौडेलले बताउनु भयो । छिमेकी प्रदेशमा कोरोना संक्रमणको संख्या बढिरहँदा धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले आफूहरुको प्राथमिकता यस महामारीको नियन्त्रणमा सरकारलाई सहयोग गर्ने उहाँले बताउनु भयो ।

कर्णाली प्रदेशमा कोरोना नित्रयन्त्रणका लागि भएका प्रयास र परिक्षणको दायरा नबढ्दा संक्रमित नदेखिएको कतिपयको विश्लेषण छ । कामका लागि भारत जाने वाध्यता र भारतले रेलसेवा सञ्चालनले कर्णालीवासी गाउँ फर्कन थालेसँगै कर्णाली कोरोनाको उच्च जोखिममा छ ।  गैर सरकारी संस्था सेभ द चिल्ड्रेन झै विपक्तिको सामना गर्न प्रदेश, स्थानीय सरकारलाई सहयोग गर्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close