
नेपाल भ्रमणमा रहेका कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नु भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ।