
टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो। तर चिसो मौसमा पनि टाइफाइडले सताउन सक्छ। दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ। टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्छ।
बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन्। यसै सन्दर्भमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कन्सलटेन्ट फिजिसियन डा. संजिव भण्डारीसँग गरिएको कुराकानी हेर्नुहाेस ।