भेरीगंगा नगरपालिकाकाे छिन्चु, जहरे र झिंगनी बजार एक हप्तालाइ सील

भेरीगंगा नगरपालिकाले समुुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिएपछि १ साताका लागि शिषेधााज्ञा गरेको छ । आज राती १२ बजेदेखि लागु हुनेगरी पूर्वमा चिप्लेखोला, पश्चिममा भेरी पुल, उत्तरमा राताचौर र दक्षिणमा हर्रे क्षेत्र भित्र भाद्र ३० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
जहरे, झिग्नी, छिन्चु बजार लगायतका व्यवसायी, वैंक कर्मचारी र क्लिनिक सञ्चालकहरुमा संक्रमण देखिएका ले समुदायमा फैलन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणको दायरा बढाउनका लागि निषेधाज्ञा लागु गरिएको नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले जानकारी दिनु भयो । उहाँका अनुसार कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयै नियन्त्रण गरी महामारी हुन नदिन मासिहरुको अनावश्यक आवत जावत तथा भिडभाड नियन्त्रणका लागि निषेधाज्ञा गरिएको हो ।
हाल भेरीगंगाा नगरपालिकामा १ हजार ८३ जनाको पिसीआर परीक्षण भएको छ । संक्रमितको कन्ट्राक ट्रेसिङबाट ४ जना सहित भेरीगंगा नगरपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७८ जनाले कोरोना जितेर घर फर्किएका छन् भने १० जना सक्रिय संक्रमित रहेको नगर स्वास्थ्य प्रमुख राजेश वुढाले जानकारी दिनु भयो । उहाँका अनुसार संक्रिय संक्रमति मध्ये ४ जना होम आइसुलेशनमा रहेका छन् भने अन्य ६ जना कोरोना विशेष अस्पताल कालागाउँमा उपचार गराइ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close