राष्ट्र बैंकले लगानीमा ल्याएको नयाँ योजनाप्रति संघको विरोध

सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशलाई विरोध ज्ञापन–पत्र बुझाएको छ। बुधबार संघले बैंकको कार्यालयमै पुगेर ज्ञापन–पत्र बुझाएको हो।

नेपाल राष्ट्र बैंकले आउँदो कार्तिक १ गतेदेखि लगानीमा नयाँ योजना २० देखि २५ प्रतिशतको अवधारणा व्यवसायीहरुलाई मान्य नहुने भन्दै ज्ञापन–पत्र बुझाएको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिनु भयो ।

ज्ञापन–पत्र बुझाउँदै संघका अध्यक्ष कँडेलले हिजोका दिनमा बैंकहरूले व्यवसायीहरुको चलिरहेको आर्थिक पाटो अनुसारको लगानी गर्दै आइरहेको अवस्थामा अहिले एकैपटक परिमार्जन गरको विषयमा अपत्ति जनाउनु भयो ।
निवर्तमान अध्यक्ष धनबहादुर रावत, महसचिव भद्र भण्डारी तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा संघले ज्ञापन–पत्र बुझाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close