कर्णालीको कृषि मन्त्रीमा चन्द्रबहादुर शाही

सुर्खेत,३० कात्तिक । कर्णाली प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री जीवनबहदुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले शाहीलाई मंगलबार  पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । पहिला कानुन मन्त्रालयमा नियुक्त गर्ने भनिएपनि शाहीले असन्तुष्ट जनाएपछि कृषि मन्त्रालयमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएका जीवनबहादुर शाहीले १४ औं दिनमा एक जना मन्त्री नियुक्त गरेका छन् ।

बाँकी मन्त्री कति दिनमा नियुक्ती गर्ने भन्ने बारे छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
नेकपा एमाले मुगुबाट निर्वाचित सांसद शाही नेकपा विभाजनसँगै माधव नेपालको पक्षमा लागेका थिए । तर, औपचारिकरुपमै पार्टी विभाजन भएपछि शाहीले नेकपा एकीकृत समाजवादी राजेका हुन् । मुगुको सोरु गाउँपालिका १ जवलाधाराका शाही आइएलसम्मको अध्ययन गरेका छन् । २०४० सालदेखी राजनीतिकमा लागेका शाही तीन वर्ष जेल जीवन बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close