
सुर्खेत ।सुर्खेतमा निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मदिरा सेवन गरी गाउलेको घरभित्र पस्न खोजेपछि मतदान अधिकृत सहितको टिममाथी हातपात भएको छ । भट्टको कुटाइबाट मतदान अधिकृतसहित सहायक मतदान अधिकृत सहित केही केही म्यादी र स्थानीय सामान्य घाइते भएको मतदान अधिकृत निरज झा जानकारी दिनु भयो ।