पुबुदु दसानायके दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त

पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त हुने भएका छ ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ ।
पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक हुनुहुन्थो । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप समेत खेलेको थियो ।
गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो ।
तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो । नेपालले २०२२ को फेब्रुअरीमा टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । प्रशिक्षक पुबुदको पहिलो काम ग्लोबल छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close