कर्णाली प्रदेश सरकारको प्रवक्तामा कृष्ण बहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।
साथै बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय पनि गरेको छ । बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close