कर्णालीमा वहुमतले नीति तथा कार्यक्रम पारित

सुर्खेत १, असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८।०८९ को नीति तथा कार्यक्रम वहुमतले स्वीकृत गरेको छ । प्रदेश सभालाई संवोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पास गर्न आग्रह गर्नु भएको थियो । शनिबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि २ दिनसम्म छलफल भएको थियो ।
नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । फ्लोर क्रस गरेको आरोपमा पाटीबाट कारवाही पछि सर्वोच्वको आदेशमा पुर्नवाहली भएका चार सांसदको आडमा नीति तथा कार्यक्रम पारित भएको हो ।
हाल कर्णाली प्रदेश सभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।चार बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close