१५ किलाे चरेससहित घोराहीबाट ६ जना पक्राउ

दाङमा प्रहरीले १५ किलो लागु औषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कस्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ वर्षीय आकाश बिक, २२ वर्षकै जितकुमार विक, थवाङ गाउँपालिका ५ का ४० वर्षीया कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का ४५ वर्षीया जुनु बुढा, सल्यान वनगाढ नगरपालिका १२ का २८ वर्षीय डिलबहादुर बिक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० वर्षीय सन्तोष गुरुङ रहेका छन्।

५ नम्बर प्रदेश प्रहरी व्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

लागु औषध कारोबारीको शैलीमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कारबाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close