थप ७ सहित कोराना संक्रमित १०९ पुगे

सुर्खेत २७, बैशाख ।
नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।


मन्त्रालयको अफिसियल फेसवुक पेजमा प्रेस विज्ञप्ति जारी गर्दै उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close