थप १० जनामा कोरोना संक्रमण, यससँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाा, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरू कपिलवस्तुको यशोधरा गाउँपालिका ५, र बुद्धभूमि गाउँपालिका ७ र १० निवासी हुन् ।

उनीहरू १८, १९, २०,२०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू रहेका छन् ।  यस्तै १ जना उमेर नखुलेको पुरुषमा पनि संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close