बिधुत नियमित गर्न निजी क्षेत्रको आग्रह

 

कमल कुमार न्यौपाने
माघ ६, सुर्खेत
सुर्खेतका निजी क्षेत्रहरुले नेपाल बिधुत प्राधिकरणलाई बिधुत नियमित गर्ने आग्रह गरेका छन् । बिहीबार निजी क्षेत्रहरुले सुर्खेतमा हुने बिधुत अनियमितालाइ रोक्न के गर्ने सकिन्छ भन्दै प्राधिकरणको सुर्खेत बितरण शाखाको ध्यनाकर्षण गरेका हुन् । दिनहु जसो बिधुत नियमित नहुदा सबै भन्दा धेरै असर निजी क्षेत्रहरुलाइ पर्ने गरेको छ । बिधुतको भोल्टेज कम भएकाले नियमित काम काजहरु ठप्प हुने गरेको उद्योग वाणिज्य सघं सुर्खेतका  महासचिब लक्ष्मण कडेलको भनाई छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणका कारण पनि बिधुत नियमित गर्ने नसकिएको बिधुत प्राधिकरणको भनाइ छ । पछिल्लो समय बिधुतका तार सट भइ आगलागी घटना बढी रहेका बेला यस्ता घटना रोक्न गर्ने सकिने उपायको बारेमा समेत छलफल गरेको छ । यता बिधुत प्राधिकरणले भने अहिले भ्याली भित्र धेरै जसो ठाउँहरुमा भोल्टेज कम आएको गुनासो धेरै आएका कारण यसलाइ समाधान गर्ने अबको केहि समय भित्र केही स्थानमा ट्रान्सफर्मर जडान गरिने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रका प्रमुख युवराज रावतले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close