कर्णाली प्रदेशमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

कर्णाली प्रदेशमा पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । गएको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा त्यसको प्रभाव परेको हो ।
केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सदस्य सन्तोषी शाहीले जानकारी दिनुभयो।
‘केन्द्रका अनुसार यहाँ समर्थन फिर्ता लिने निर्णय गरेका छौ’ प्रदेश सभा सदस्य शाहीले इकागजसँग भनिन्, ‘अब भोली बिहान १० बजे प्रदेश प्रमुखसमक्ष लिखित रुपमै बुझाउने कार्यक्रम रहेको छ ।’ यस विषयमा आज सचिवालयमा छलफल भएको शाहीले बताउनुभयो । ४० सदस्यीय प्रदेशसभामा राप्रपाबाट एक सिट प्रतिनिधित्व गरेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close