महामन्त्री खड्काद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार एवम् नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतका तीन वटा पालिका, अस्पताल र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।

महामन्त्री खड्काले भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका साथै मेहलकुना अस्पताल र १८ वटा स्वास्थ्य संस्थालाई शुक्रबार स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन्। लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य एवम् महामन्त्री खड्काका प्रतिनिधि विष्णुबहादुर खड्काले पालिका, अस्पताल र स्वास्थ्य संस्थालाई पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले पठाएका स्वास्थ्य सामाग्रीहरु अस्तान्तरण गरे।

महामन्त्री खड्काले गुर्भाकोट नगरपालिकालाई १० हजार पिस माक्स, सेनिटाइजर ५ हजार एमएल ६ जर्किन, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र १० लिटर अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरे।

यस्तै पालिकाका ६ वटा स्वास्थ्य चौकीलाई दुई हजार पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरे। कांग्रेस महामन्त्री खड्काको महलमा चौधरी फाउण्डेशनले उपलब्ध गराएको एक थान १० लिटर क्षमताको अक्सिजन कन्सन्टे«टर पनि हस्तान्तरण गरिएको थियो।

मेहलकुना अस्पताललाई महामन्त्री खड्काले सात हजार पाँच सय पिस माक्स, पाँच हजार एमएलका छ जर्किन सेनिटाइजर , ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर १० थान, अक्सिजन फ्लोमिटर ८ थान, पल्स अक्सिमिटर ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर १ थान र पिपिई सेट १० जोड हस्तान्तण गरे।

महामन्त्री खड्काकै पहलमा नेपाल चिकित्सक संघले पठाएका १० लिटर क्षमताका दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनले पठाएका दुई थान अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो। यस्तै सिम्ता गाउँपालिकालाई महामन्त्री खड्काले पाँच हजार पिस माक्स, पाँच हजार एमएलका चार जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र १० लिटर अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरेका छन्।

उनकै पहलमा चौधरी फाउण्डेशनले उपलब्ध गराएको १० लिटर क्षमताको एक थान अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो। यस्तै सिम्ता गाउँपालिकामा रहेका आठ स्वास्थ्य संस्थालाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको थियो।

महामन्त्री खड्काले भेरीगंगा नगरपालिकालाई १० हजार पिस माक्स, पाँच हजार एमएलका छ जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर १ थान उपलब्ध गराएका छन् भने चौधरी फाउण्डेशनमार्फत १० लिटर क्षमताको एक थान अक्सिजन कन्सन्टे«टर हस्तान्तरण गरिएको थियो।

भेरीगंगा नगरपालिकामा रहेका चार वटा स्वास्थ्य संस्थाहरुलाई कांग्रेस महामन्त्री खड्काले दुई–दुई हजार पिस माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन्।

यसअघि महामन्त्री खड्काले कर्णाली प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालय, लेकवेशी नगरपालिका, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रसँगै मातहतका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए। स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा विष्णुबहादुर खड्काले जिल्लाभर व्यक्तिगत खर्चमा महामन्त्री खड्काले ५० लाख बराबरका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको जानकारी दिए।

‘कोरोनाका कारण स्वास्थ्य सामाग्रीहरु नपाइराखेको बेला कांग्रेस महामन्त्री खड्काले व्यक्तिगत खर्चमा ५० लाख बराबरको स्वास्थ्य सामाग्रीहरु जिल्लाबासीका लागि पठाउनु भएको छ,’ महामन्त्रीका प्रतिनिधि खड्काले भने, ‘यी सामाग्रीले कोरोनालगायतका महामारीमा सहयोग पुर्‍याउने अपेक्षा उहाँ (महामन्त्री) ले लिनु भएको छ।’ कोरोनाका कारण भइरहेको बन्दाबन्दीका कारण स्वास्थ्य सामाग्रीहरु वितरण कार्यक्रममा महामन्त्री खड्का आफै उपस्थित हुन सकेनन्।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले अक्सिजनलगायतको अभावका कारण कोरोना संक्रमितलगायतका विरामीहरुको उपचारमा समस्या  भइरहेका बेला कांग्रेस महामन्त्री खड्काबाट प्राप्त स्वास्थ्य सामाग्रीहरुले ठूलो राहतको काम गर्ने बताए। ‘संटकको बेला कांग्रेस महामन्त्रीज्यूमार्फत प्राप्त सहयोगले यो क्षेत्रका जनताका लागि ठूलो राहत भएको छ,’ उनले भने, ‘यस्तो सहयोग आगामी दिनहरुमा पनि अपेक्षा गर्दछौं।’

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्क पोखरेल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, उपप्रमुख मैना विक, स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष किरण वली, कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष राजेश बुढा, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालगायतको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close