![](https://guraskhabar.com/wp-content/uploads/2022/05/IMG_9739-1-scaled.jpg)
सुर्खेत ।नेपाली कांग्रेस सिम्तागाँउ पालिकास्तरिय अन्तिम चुनावी सभा गोजीबजारमा आयोजना गरेको छ।सभामा सिम्ताका ९ वडाका हजारौ नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।
नेपाली कांग्रेस सिम्ता गाँउकार्य समितिको आयोजामा भएको कार्यक्रममा नेता कार्यक्रताहरुले बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले कांग्रेसको सरकार नुहदाँ सिम्तामा विकास निर्माण हुन नसकेको ठोकुवा गर्नुभयो ।
उहाँले सिम्ता सरकारले विकासको नाममा कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप लगाउदै विकास निर्माणको लागी कांग्रेसको सरकार अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
अन्यक्षेत्र भन्दा सिम्तामा विकास निर्माणका काम निकै कम भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसलार्इ बिजयी गराए मात्र सिम्तामा विकास निर्माणले गति लिने जिकिर गर्नुभयो।
पुर्वगृहमन्त्री समेत रहनु भएका नेता खड्काले सिम्तामा रहेका गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अपिल गर्दै कोही कसैले रुख वा हसिया हतौडोमा भोट हाल्न आनाकानी नगर्न आग्रह गर्नुभयो।
उपसभापति खड्काले संविधान मास्ने विरुद्ध अहिले पाँच दलिय गठबन्धन बनेको भन्दै संविधानको रक्षाको लागी गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो।
नेकपा एमालेको सरकारले जनताका अधिकार मास्ने र प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध गठबन्धन गरिएको स्पष्ट पार्नुभयो।
यसैबीच कार्यक्रममा सिम्ता गाँउपालिकाबाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेद्वार बनेका वीरेन्द्र राउत र चित्रबहादुर हमालले आफुले निर्वाचित भएपछि गर्ने कामको बारेमा प्रतिबद्धता जनाएका छन।
उनीहरुले सिम्तामा यसअघि हुन नसकेका विकास निर्माण लगायत शिक्षा, स्वास्थ्य, खानेपानी निर्माणमा काम गर्ने प्रतिबद्धता जनाएका छन।
कार्यकलार्इ नेपाली कांग्रेसका सभापति खड्क पोखरेल नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका हुन।