तरूण दललाई पूर्णता दिने विषमा देउवा र अध्यक्ष गुरूङबीच छलफल

नेपाल तरूण दलको केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङबीच छलफल भएको छ।
देउवा निवास धुम्बाराहीमा आज भएको छलफलमा तरूण दल विस्तार गर्नेबारे कुराकानी भएको हो। तरूण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रूप दिनेबारे कुराकानी भएको अध्यक्ष गुरूङले बताउनुभयो।
तरूण दल, नेविसंघलगायत कांग्रेसका अधिकांश भ्रातृ संस्था केन्द्रीय समितिविहीन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close