सकेसम्म भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीको कारण बन्द रहेको स्कुल क्याम्पस भौतिक रुपमा उपस्थिती गराई सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविले स्थानीय तहसँग सहकार्य गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै त्रिवि रजिष्टारको कार्यालयले त्यस्तो आग्रह गरेको हो ।

कार्यालयका प्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘त्रिवि अन्तर्गत सबै क्याम्पस, विभाग र सकूलहरूले स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराइ नियमित कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्छ‘ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close