भिरबाट लडेर एकजनाको मृत्यु

बागलुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।
बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो।
उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।
मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताउनुभयो।
उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।
शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close