विष्टद्धारा विपन्न विद्यार्थीलाई स्टेस्नरी सहयोग

सुर्खेत,४ फागुन । समाजेसेवी सैलेन्द्र विष्टले तीन जना विपन्न विद्यार्थीलाई स्टेस्नरी सहयोग गरेका छन् ।
सरस्वती पुजाको अवसरमा श्री नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालय वीरेन्द्रनगर -११ मा पढ्दै आएका कक्षा सातमा अध्ययनरत कृष्णा भट्टराई, कक्षा छ मा अध्ययनरत भुपेन्द्र भट्टराई, कक्षा पाँचमाच अध्ययनरत भानुभक्त भट्राईलाई पाँच हजार रुपैयाँ बराबरको स्टेस्नरी सामग्री हस्तान्त्रण गरेका हुन् ।

घरको आर्थिक स्थिति कमजोर भएका कारण कापी, कलम समेत नपाउँदा कैयौं दिन विद्यालय समेत नगएको कक्षा सातमा अध्ययनरत कृष्णा भट्टराईले बताईन् ।
क्ृष्णाले आफुहरुलाई वर्षभरी पुग्ने स्टेस्नरी दिएकोमा खुसी हुँदै समाजसेवी विष्टलाई धन्यवाद दिइन् ।
यस्तै घरमा श्रीमान् बिरामी भएका कारण पनि तीनवटा छोराछोरीलाई पढाउन समस्या परेको बेला विष्टले सहयोग गर्दा उनीहरुको भविष्य राम्रो हुने उनकी आमा मनिसा जैसीले बताइन् ।

ललितपुरको छम्पी स्थायी घर भएका विष्ट विगत २२ वर्षदेखि सामाजिक क्षेत्रमा समस्या भोग्दै आएका नागरिकलाई सहयोग गर्दै आएका छन् ।
अहिले कर्णाली प्रदेशमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणको पैरवी कार्यक्रम स्याफ्रन नेपालमा काम गर्दै आएका विष्टले समस्यामा परेका नागरिकलाई सहयोग गर्न पाउँदा आनन्द लाग्ने गरेको बताए ।

विष्टले कोरोना महामारीमा पनि राउटे समुदाय, सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा पहुँच पु¥याउन सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close