
मोरङको विराटनगरमा कोरोनाभाइरससँग मिल्दो लक्षण देखिएका पुरुषको मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमणपछि देखिने लक्षण देखिएपछि विराटनगरको कोशी अस्पतालमा पुर्याइएका ५८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
विराटनगर– ९ का ति मृतक पुरुषलाई शुक्रबार बिहान अस्पताल लगिएको थियो । अस्पतालले पनि आइसोलेसनमा भर्ना गरेर जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरले जनाएको छ ।
एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पनि शुक्रबार बिहान अस्पताल लगिएको थियो । उनी कोरोना संक्रमित भए नभएको खुलिसकेको छैन । स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको र शुक्रबार अपरान्हसम्म रिपोर्ट आउन सक्ने अपेक्षा गरिएको छ ।