जनजातीहरुले देशको युगान्तकारी परिबर्तनमा बलिदानको कोटा पूरा गरेर आज यो मूलुकमा संघीयता आएको : कानुन मन्त्री नरेश भण्डारी

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नेपालको विभिन्न कालखण्डको परिवर्तनका मोडहरुमा जनजातीहरुले निर्वाह गरेको भूमिका ईतिहासमा स्वर्णिम अक्षरहरुले लेखेको बताउनुभएको छ ।

आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा “सञ्चारमा समावेशीता, ऐन कार्यान्वयनमा अनिवार्यता” भन्ने मूल नाराका साथ शुरु भएको नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनमा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले युगान्तकारी परिवर्तनमा जनजातीहरुले खेलेको भूमिका अतुलनीय, अविस्मणीय र अनुकरणिय रहेको बताउँदैभयो । उहाँले भन्नुभयो । जनजातीहरुले देशको सार्वभौमिकता राष्ट्रिय अखण्डताका निम्ति ठूलो योगदान दिएकोले यो जातीलाई गर्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जनयुद्धमा समेत जनजातीहरुले कालको आँखामा आँखा जुधाएर पूरानो सत्ताको विरुद्धमा ठूलो जेहाद छेड्दै जनजातीहरुका छोराहरुले बलिदानको कोटा पूरा गरेको र जस्को फलस्वरुप आज सबैले यो मूलुकमा संघीयताको अभ्यास गरिरहेको बताउनुभयो ।

यस्तै महाधिवेशनमा केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गले जनजातीका मुद्दा दविएका आवाज एवं सवालहरुलाई फोनिजका साथीहरुले सञ्चारमाध्यमद्वारा चारै तिर पुर्याउनुपर्ने औंल्याउँदै सम्पूर्ण जनजाती पत्रकारहरुलाई एकजुट हुन आग्रह गर्नुभयो ।

आज सम्पन्न भएको कर्णाली प्रदेश स्तरिय प्रथम प्रादेशिक महाधिवेशनबाट भूपेन्द्र घर्ती मगर फोनिज कर्णाली प्रदेशको अध्यक्षमा सर्वसम्मत चयन हुनभएको छ ।

त्यस्तै उपाध्यक्षमा दैलेखबाट धर्मरत्न थापामगर र महिला उपाध्यक्षमा सुर्खेतबाट करिष्मा चौधरी महासचिवमा सल्यानका सन्तोष घर्ती मगर स‌ंगठन सचिवमा रुकुमका सपना पुनमगर र संस्थागत सचिवमा सुर्खेतका डिलबहादुर चौधरी र कोषाध्यक्षमा सुर्खेतका राजेश कुमाल चयन हुनभएको छ भने सदस्यहरुमा बवीकिशोर गुरुङ्ग (डोल्पा) दिपा गाहामगर (सुर्खेत) महिला सदस्यहरु खिमा गुरुङ्ग रुकुम र मनकला बुढामगर (कालिकोट) तथा अल्पस‌ंख्यक सदस्यमा छफाल लामा (हुम्ला) चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close