लागूऔषधसहित दुइजना पक्राउ

लागूऔषधसहित दुइजना पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ वैशाखाबाट कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुरका २० वर्षिय जीवन शाह र १९ वर्षिय मीनबहादुर रावल पक्राउ परेका हुन्।
उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा से ५ प ६६१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १३ दशमलव ७८० ग्राम खैरो हिरोइन फेला परेको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close