
बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई जना चिकित्ससहित बाँकेमा १५ जना, दाङका एक जना, कैलालीका दुई जना, बर्दियाका एक जना र सल्यानका एकजना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकोमा एक हजार १०५ जनामा कोरोना पुष्टि भएको छ ।