कोभिड प्रतिकार्य संयोजकमा घनश्याम केसी

.सुर्खेत,४ जेठ । कोभिड–१९ संक्रमण दुर्त प्रतिकार्य कर्णाली प्रदेशस्तरिय समिति गठन गरिएको छ ।
मंगलबार समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुबेदीको अध्यक्षता तथा बोर्ड सदस्य गोबिन्द शाहीको सहजीकरणमा अनलाइन जुम बैठकबाट समिति गठन गरिएको हो ।
हांल कोभिड–१९ संक्रमणको दोस्रो लहर तिब्ररुपमा फैलिदै गएको विषम परिस्थितिलाई मध्यनजर गरी गैर सरकारी महासंघ सुर्खेत शाखाका अध्यक्ष घनश्याम केसीको संयोजकत्वमा ११ सदस्यीय प्रदेशस्तरिय समिती गठन गरिएको छ ।
समितिको संयोजकमा गैरसरकारी महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी चयन भएका छन् । यस्तै सदस्यमा सेभ द चिल्ड्रेनका स्वास्थ्य तथा पोषण संयोजक दिपेन्द्र सिंह ठकुरी, प्लान इन्टरनेशनल नेपालका जनक गिरी, मर्सीकप नेपालका डम्बर बहादुर बोहरा सदस्य रहेका छन् ।
यसैगरि किर्डाक नेपालका नवीनकुमार शाही, इन्सेकका नारायण सुवेदी, अपाङ्ग महासंघका विष्णु शर्मा, रेडक्रस सोसाइटीका रामलाल आचार्य, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटा, वातावरण सुधार संस्थाका जगत केसी आवाजका पवित्रा शाही, स्याक नेपालका टिकाराम आचार्य पनि समितिको सदस्य रहेका छन् ।
साथै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव, नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका उपाध्यक्ष तथा अधिकारकर्मि अशोक राजी, अधिकारकर्मी विन्दुलाल रेग्मी, दिलबहादुर चौधरी, गोविन्द आचार्य, अरुण पौडेल, विनय ज्ञवली, भिमराज बास्तोला, प्रदिप बोहरा, सुरेशकुमार खड्का, शुसिलकुमार कार्की लगायतको बैठकमा सहभागिता थियो ।
समाज कल्याण परिषदको आयोजना तथा सहजीकरणमा यस आपत कालिन घडिमा कोभिड–१९ प्रतिकार्य तथा राहत सम्बन्धि कार्य तथा योजनाहरुलाई व्यवस्थित गर्न समिति गठन गरिएको समितिका संयोजक केसीले बताए ।
यस्तै विसम परिस्थितिलाइ छिटो छरिटो ढंगले स्वास्थ्य सामाग्री संचालन गर्न सहयोग पु¥याउन, सुचना आदन–प्रदान, समन्वय तथा सहजिकरणका लागि प्रदेश स्तरीय गैर सरकारी संस्था महासंघ नेपाल लगायत विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीतामा समिति गठन गरिएको उनले जानकारी दिए ।
यसैगरि कर्णाली प्रदेशमा रहेका कोभिड १९ प्रतिकार्यमा काम गर्ने गैसस तथा अन्य सामाजिक संघसंस्थाहरुको सुची सहित भए गरेका कार्यहरुको अवस्थाको जानकारी लिइने, समाज कल्याण, प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय, अस्पताल तथा सन्य सरोकारवालाहरुसँग समन्वय गरि कोभिड १९ सँग सम्बन्धित जानकारीहरु अध्यावधिक गर्दै तत्काल सम्बोधन गर्नुपर्ने र समस्याहरुको बारेमा अवगत गर्ने गराउने काम पनि समितिले गर्ने भएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैसस तथा अन्य सामाजिक संघसंस्थाहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको निर्देशिका तथा समाज कल्याण परिषदले समेत निर्देशित गरेका उल्लेखित प्राथमिकताका क्षेत्रहरुमा कार्य गर्न पनि सहजिकरण गर्ने संयोजक केसीको भनाइ छ । साथै अक्सिजन सिलिन्डर, कन्सनट्रेटर तथा अन्य मेडिकल उपकरणहरुमा पनि सहयोग पुर्याउने समितीले जनाएको छ ।
साथै होम आइसोलनमा रहेका कोभिड संक्रमितहरुलाई आवश्यकताका आधारमा पौष्टिक खाद्य सामग्री तथा आइसोलेसन् किट वितरण गर्ने, मनोसामाजिक÷मनोविमर्श सेवा उपलब्ध गराउने, अस्पतालहरुमा कोभिड सहायता कक्ष स्थापना गर्ने, समाज कल्याण परिषदद्वारा निर्माण गरिएको अनलाइन कोभिड प्रतिकार्य सूचना÷जानकारी प्रणालीमा एकद्वार पद्दति अनुसार रिपोर्ट गर्न गैसस तथा सामाजिक संघसंस्थाहरुलाई प्रोत्साहन, सहयोग र सहजीकरण गर्ने पनि समितिले जानकारी गराएको छ । साथै केही दिन भित्र कर्णाली प्रदेशका १० जिल्लामा समिति निर्माण तथा परीचालन गर्ने संयोजक केसीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close