
सुर्खेत । निर्माण व्यवसायी मानव बमले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका दुई जनालाई एक लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ । हिजो एसइई नतिजा सार्वजनिक भएपछि उहाँले उत्कृष्ट एक छात्र र एक छात्रालाई नगद सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
बमले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भर्नु भएको छ, ‘कालिकोट जिल्लाको रास्कोट नगरपालिका भित्रका दुई जना जेहेन्दार छात्र र छात्रालाई उच्च शिक्षाका लागि जनही ५० ५० हजार सहयोग गर्ने घोषणा गर्दछु ।’ आज मात्रै रिजल्ट सार्वजनिक भएकाले केही दिनमा नगर क्षेत्रका कुन विद्यार्थीले कति जिपिए ल्याए छनोट गरेर उत्कृष्टलाई रकम प्रदान गर्ने बमले बताउनु भयो । सहयोग गरेको रकमले उच्च शिक्षाका लागि अध्ययन गर्न थोरै भएपनि राहत हुने अपेक्षा राखेको उहाँको भनाइ छ । बम रास्कोटकै स्थायीबासी हुनुहुन्छ।