सुर्खेतका तीन पालिका विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

सुर्खेत ः पश्चिम सुर्खेतका तीन वटा स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने भएको छ । वीरेन्द्रनगतर्फबाट प्रशारण लाइन विस्तारमा ढिलाइ हुने भएपछि कैलालीको मोहन्याल गाउँपालिका हुँदै विद्युत विस्तारको काम अघि बढाइएको छ । चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा ३३ केभी प्रशारण लाइन विस्तार गर्न लागिएको हो । विद्युतको पहुँच नभएका यी पालिकाहरूमा राष्ट्रिय प्रशारण लाइनमा जोड्न धमाधम काम भइरहेको जनाइएको छ । विद्युतीकरणको कार्यप्रगतिबारे जानकारी लिन चौकुने र पञ्चपुरी पुगेका कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले विद्युतीकरणको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको छ ।

प्रशारण लाइन पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेकाको सव स्टेशनमा जोडिने छ । सव स्टेशन यसअघिनै निर्माण भइ सकेको जनाइएको छ । नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयका अनुसार विद्युत विस्तारको काम अन्तिम चरणका पुगेको छ । आगामी भदौ मसान्तसम्म प्रशारण लाइन सञ्चालनमा आउने कार्यालयले जनाएको छ । कोहलपुर–सुर्खेत प्रशारण लाइनबाट पश्चिम क्षेत्रमा विद्युत विस्तारमा कठिनाइ हुने देखिएपछि कैलालीबाट प्रशारण लाइन विस्तार गर्न पहल थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close