फेरि सरकारमा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै फागुनभित्रमा रास्वपामा सरकारमा सहभागी हुन लागेको स्रोतको दाबी छ । ‘राष्ट्रपतिको निर्वाचनअघि नै रास्वपा सरकारमा सहभागी हुनेछ’, रास्वपा स्रोतले भन्यो । स्रोतका अनुसार सो पार्टीका सभापत रवि लामिछाने पनि राष्ट्रपति निर्वाचनलगायत विषय तय गर्नुपर्ने,न्यूनतम साझा कार्यक्रमको स्पिरिट र डेलिभरीजस्ता विषयलाई समेट्नु पर्ने लगायतका विषयहरु रहेकाले सरकारमा सहभागी हुने र उपनिर्वाचनपछि आफैँ पनि सरकारमा जाने भएकाले राष्ट्रपति निर्वाचन अघि नै सरकारमा सहभागी हुने संकेत गरिसकेको रास्वपा स्रोतको दाबी छ ।
सो पार्टीका महामन्त्री डा मुकुल ढकालले भने आफूहरु उपनिर्वाचनको तयारीमा लागेका कारण यस विषयमा सोच्न नभ्याएको र केन्द्रीय समितिको बैठकबाट निर्णय हुने बताउनु भयो । ‘अहिले हामी काठमाडौँ बाहिर छौँ, उपनिर्वाचनको तयारीमा छौँ, सरकारमा जाने विषयमा केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ’, डा ढकालले भन्नुभयो । उहाँका अनुसार रास्वपाले सरकारमा जाने भन्दा पनि उपनिर्वाचनमै प्राथमिकता दिएको छ । रवि लामछिानेलाई नेपाली नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी देखाएपछि उनले उपप्रधानसहित गृहमन्त्रीबाट राजीनामा दिएका थिए । १३ माघमा सर्वोच्च अदालतले नागरिकता प्रकरणका उनलाई दोषी देखाउँदै सांसद, उपप्रधान र गृह तथा पार्टी सभापति पद गुमाएका थिए । तर १५ माघमा पुनः नागरिकता लिएपछि लामिछाने सोही दिन सभापति चयन भएका थिए । उनले नागरिकता लिएपछि पुनः गृहमन्त्रालयमै फर्किन खोजेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close