कर्णालीका दुई मन्त्रीले दिए राजीनामा

भाद्र १२,सुर्खेत। कर्णालीका दुई जना मन्त्रीले राजीनामा दिनु भएको छ । नेकपा (माओवादी केन्द्र)सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिनु भएको छ ।
कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पु¥याउँन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो।
शुक्रबार बसेको माओवादी केन्द संसदीय दलको बैठबले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाईसकेको थियो। उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिनु भएको छ ।

मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ। शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close