भेरी बबई आयोजनाको ५० प्रतिशत काम सकियो, तेस्रो चरणको काम हुँदै

सुर्खेत । निर्माणाधिन राष्ट्रिय गौरवको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५० प्रतिशत काम सकिएको छ । पहिलो र दोस्रो चरण गरेर ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी आयोजनाका सूचना अधिकारी एवम् सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिनु भयो । पहिलो र दोस्रो चरणमा गरी गरेर झण्डे ५० प्रतिशत अर्थात ४९ दशमलव पाँच प्रतिशत काम सम्पन्न भएको छ उहाले बताउनु भयो ।

पहिलो चरणमा अन्तरगत सुरुङ निर्माण सम्पन्न भइसकेको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक)नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम)बाट आयोजनाको १२।२ किलोमिटर सुरुङ खनिसकेको छ । निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सकेको थियो ।

तर दोस्रो चरणको काम भने कोरोना महामारीका कारण सुस्त छ । दोस्रो चरणको अहिलेसम्म करिव ३५ प्रतिशत मात्रै सम्पन्न भएको छ। दुई बर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको हो । २०७६ मंसिर १६ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको बाँध र विद्युत गृहको शिलान्यास गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close