पौडेलको गिरफ्तारीविरुद्ध गोरखामा प्रदर्शन

आफ्नै गृहजिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारको विरोध गर्दै गोरखामा प्रदर्शन भएको छ ।

नेपाली विद्यार्थी संघ र नेपाल तरुण दल गोरखाले सदरमुकामको बसपार्कदेखि हरमटारीसम्म नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

‘नेकपाको कारिन्दा बनेर प्रशासनले उहाँलाई गिरफ्तार गर्‍यो,’ नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले भने, ‘आफ्नै पहलमा बन्दै गरेको पुल उद्घाटन गर्न नपाउने यो कस्तो कानुन हो ? म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’ आफ्नै पहलमा बनेको पुल आफैँले उद्घाटन गर्न नपाउनु दुःखद भएको उनले बताए ।

प्रधानमन्त्रीलाई पहिला आफ्ना घर राम्रोसँग समाल्नसमेत उनले आग्रह गरे । ‘पहिला आफ्नो घर समाल्नु, प्रचण्डले तिमीलाई लगाएको आरोप सबै जनताले आज बुभेका छन्, तिम्रो राष्ट्रवादीको छाती च्यातिएको छ,’ उनले भने ।

दुईतिहाइ सरकारको दम्भका कारण प्रशासनले नेता पौडेललाई गिरफ्तार गरेको नेपाल तरुण दलका अध्यक्ष आनन्द गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close