कर्णाली प्रदेशका हिमाली जिल्लामा बर्षा सँगै हिमपात

सुर्खेत । कर्णालीका केही हिमाली जिल्लाहरुमा वर्षा सँगै हिमपात भएको छ । कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भएको छ । यस्तै, कालिकोटमा अग्ला लेकहरुमा हिमपात भएको छ भने सदरमुकाम मान्म बजारमा वर्षा भैरहेको छ ।

हिमाली जिल्लामा परेको हिमपातले कोदो, चिनु, कागुनो, फापरलगायतका कात्तिके बाली राम्रो हुने त्यहाँका किसान बताउछन् । त्यस्तै, कालिकोट हिउँदे वर्षा भएपछि त्यहाँका किसानहरु खुसी भएका छन् ।
चिसोका कारण स्थानीयहरु घर बाहिर निस्किन समेत सकेका छैनन् । अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्रि सेल्सियस छ।
बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण चिसो पढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close