गो‌ंगबु हत्या काण्डमा आरोपित महिला चितवनबाट पक्राउ

गो‌ंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई साेमबार साँझ नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्।

गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसभित्रकाे शवमा टाउको र खुट्टा भने छुट्टिएकाे थियाे। पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहयता लिई टाउको र खुट्टा ३ सय मिटर पर झाेलामा भेट्टाएको थियो।

प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। हत्या गरिएका बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो।

दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close