
भारतले आजबाट कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ ।
आज बिहान साढे १० बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेका हुन् ।
आज भारतका एकै साथ २९ राज्यमा खोप अभियान सुरु हुन लागेको हो ।
यता नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिए पछि यो खोप नेपाल कहिले आइपुग्ला भन्ने प्रश्न उठ्न थालेको छ ।
औषधि व्यवस्था विभागले आज कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो ।
विभागका अनुसार उक्त खोप नेपाल आउन भने कही समय लाग्ने छ ।
उक्त खोप बुकिङ गर्न बाटो मात्र खुलेको हो ।
सरकारले निजी क्षेत्रलाई खोप खरिदका लागि अनुमति दिएको खण्डमा निजी क्षेत्रले पनि अग्रिम कोभिसिल्ड खोपको बुकिङ गर्न सक्ने छन् ।