Murti

लागूऔषधसहित तीन जना पक्राउ

गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close