कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६६ औं स्थानमा

कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ३४ हजार २० जनाको मृत्यु भएको छ भने २ करोड २६ हजार १ सय ६६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २९ लाख ६ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६४ हजार ८ सय २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ६६ औँ स्थानमा रहेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close