
सुर्खेत,७ फागुन । मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिक गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले उच्च अदालत सुर्खेतका मुख्यन्यायधिवक्ता नहकुल सुवेदीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच पुस्तकको सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटनाहरु बढेका छन् । आनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक ) ले सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो उल्लेख गरिएको छ ।
इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटनाहरु बढेको बताए । अघिल्लो वर्ष राज्य पक्षबाट ५ जना महिला र पुरुष पक्षमा ६८ गरि विभिन्न चरणाबाट जम्मा ७३ जना व्यतिहरु राज्यबाट पिडित भएका छन् भने अन्य पक्षबाट पिडित भएका जम्मा महिला संख्या ३२९ जना रहेका छन् भने, ८४ जना पुरुष रहेका छन् जम्मा पिडित हुनेको संख्या ४१३ जना रहेको ईन्सेकको तथ्यांकमा देखाएको छ ।
यस्तै पछिल्लो समय भन्दा यस वर्ष मानव अधिकारका घटनामा पिडित हुनेको संख्यामा राज्य पक्षबाट जम्मा ५८ जना रहेकोमा महिला संख्या ७ जना र ५१ जना पुरुष रहेका छन् त्यस्तै गरि अन्य पक्षबाट पिडित हुनेको संख्या ४२६ जना रहेका छन् भने महिला ३३२ र पुरुष ९४ जना रहेको र राज्य पक्षबाट र अन्यपक्षबाट गरि जम्मा ४८४ जना रहेको तथ्यांकमा देखाइएको छ ।
यस्तै कार्यक्रममा उच्च अदालत सुर्खेतका माननिय मुख्य न्यायाधिश नहकुल सुवेदीले मानव अधिकारको सम्मान नभएसम्म न्याय नपाउने बताए । प्रमुख सुवेदीले कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा भन्दा यस प्रदेशमा मानव अधिकारको पहुच सुचकांक पाउन नसकेको बताए । उनले मानव अधिकार र प्रजान्त्रको प्रगाढ सम्बन्ध रहेको बताए ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य पवित्रा शाहिले महिला हिंसाका घटनाहरुलाई अन्त्ते गर्नका लागि सरकारले कानुनी मार्फतबाट सुनिश्चत गरेको अवस्था बताइन् । उनले मानव अधिकारले काननलाई कार्यन्वन गर्न जरुरी रहेको पनि बताईन ।
नेपालभरी सन् २०२० का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा सो तथ्याङ्क समेटिएको हो ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भए ।
सन् २०१९ मा यस्ता घटनामा ६ हजार ७ सय ४२ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।
सन् २०२० मा मानव अधिकार उल्लङ्घनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना तथा ज्यादतीका घटनामा एक जना तेस्रो लिङ्गी, ४ हजार २ सय ७१ जना महिला, ५ सय ९५ जना पुरुष र एक जना नखुलेकोसमेत गरी ४ हजार ८ सय ६८ जना पीडित भएका इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए ।